प्रधानमन्त्री देउवा निवास बुढानिलकन्ठमा बम बिस्फोट , सुरक्षाकर्मी परिचालन

प्रधानमन्त्री देउवा निवास बुढानिलकन्ठमा बम बिस्फोट , सुरक्षाकर्मी परिचालन

राजधानीका अन्य ४ स्थानमा पनि बिस्फोट

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ , १५ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा बम बिस्फोट भएको छ ।

आज राति करिब साढे ८ बजेतीर देउवाको घरमा बम बिस्फोट भएको हो । ठुलो आवजमा बिस्फोट भएको सुनेपछि स्थानीय त्रसित बनेका थिए ।

अहिले सो क्षेत्रमा प्रहरी ,ससस्त्र तथा नेपाली सेनाको टोली परिचालन गरीएको प्रहरी प्रभाग बुढानिलकन्ठले जनाएको छ ।

प्रहरीका अनुसार ठुलो आवाजमा बम बिस्फोट भएपनि कता बिस्फोट भएो हो भन्ने नै छुट्याउन नसकिएको र घटनास्थलमा अहिले अनुसन्धान जारी रहेको छ ।

घटनाको थप बिबरण आउन बाकीँ छ ।

यस्तै सितापाइलाको शरणपुरस्थित टुसालडाँडा मतदान केन्द्रनजिकै पनि बम बिष्फोट भएको छ । आज साझ करिब साढे सात बजेतीर बम बिस्फोट भएको जनाईएको छ ।
त्यस्तै आजै गुर्जुधारामा पनि बम विष्फोट भएको खबर प्राप्त भएको छ ।
आजै बिहान साढे ६ बजेतीर सतुङ्गल कन्चनबस्तीमा पनि बम बिस्फोट भएको बताईएको छ ।

यस्तै आजै साझ ललितपुरको कुपन्डोलमा बम बिस्फोट भएको भएको थियो । ललितपुर महानगरपालीका वडा १० को मतदान केन्द्र छेउमा बम बिस्फोट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ