उदयपुर, १५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।
यसैबीच नेकपा उदयपुरले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेका पार्टीका नेता कार्यकर्तामाथिको धरपकट बन्द गरि गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।
बिभिन्न आरोप लगाउर्दै बिना कारण नेता कार्यकर्ताको घर घरमा गएर खानतलासी गर्ने , धरपकट गर्ने जस्ता कार्य बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
पछिल्लो समय प्रहरीले निर्दोश नेता कार्यकर्ता , शुभचिन्तक , समर्थकका घरमा गएर मानसिक यातना दिने , खानतलासी गर्ने जस्ता कार्य गरिरहेको भन्दै त्यस्ता हर्कत बन्द गर्न पनि नेकपा उदयपुरले माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline