माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 

सिन्धुली, १५ मंसिर  ।

काठमाण्डौबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ निवासी ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको सोही माइक्रोबसले बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको स २ प ५९४७ नं मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारी निवासी ४५ वर्षीय कर्णबहादुर तामाङसमेत घाइते भएका छन् ।

तीव्र गतिमा रहेको सो माइक्रोबसले अर्को माइक्रोबसलाई उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिई सडकबाट करिब ७० फिट तल खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ