१५ मंसिर,काठमाडौं ।
ललितपुरको कुपन्डोलमा आज साझ बम बिस्फोट भएको छ ।
ललितपुर महानगरपालीका वडा १० को मतदान केन्द्र छेउमा बम बिस्फोट भएको हो । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
बिस्फोटबाट मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
नेकपा क्रान्तिकारी माओवादीको कुपण्डोलमा रहेको पार्टी कार्यलय भन्दा केहि अगाडि निर्वाचन मतदान केन्द्रको करिब २० मिटर टाडा बिस्फोट भएको बताईएको छ ।
ठुलो आवाज सहित बम बिस्फोट भएपछि स्थानीयहरु भने त्रसित बनेका छन् । घटनास्थलमा पुग्नुभएका ईनिस्पेक्टर गोविन्द पन्थीले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जनाइएको छ ।
दिउँसो मात्रै प्रहरीले काठमाडौं आउँदै गरेका भारतीय नागरिकको साथबाट बम फेला पारेको थियो । घटनाको थप विवरण आउँन बाँकी छ ।