वामगठबन्धनको दुई तिहाइ सपना मात्र

वामगठबन्धनको दुई तिहाइ सपना मात्र

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

राजविराज, १५ मंसिर।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सुमनले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गर्नुभयो ।

नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्नुभयो ।

वामगठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेशी जनताको आन्दोलन जारी रहने बताउनुभयो ।

मधेशी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ