पुनः निर्वाचन भएको रुकुमकाे अाठबिसकाेट मतदान केन्द्रमा बम बिस्फोट

पुनः निर्वाचन भएको रुकुमकाे अाठबिसकाेट मतदान केन्द्रमा बम बिस्फोट

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

१५ मंसिर,रुकुम । पश्चिम रुकुमकाे अाठबिसकाेट नगरपालिका ११ मा अाज पुनः भइरहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । बिहान ७ बजेदेख मतदान सुरु भएसँगै बम बिस्फोट भएको छ ।

मतदान केन्द्र नजिक २ वटा शक्तिशाली बम बिस्फोट भएपछि मतदाताहरु त्रसित भएका छन् । पश्चिम रुकुमकाे बाँफीकोट आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालेर जलेपछि पुनः मतदान भएको थियो ।

बाँफीकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदानमा अाज पनि प्रभाव पर्ने देखिएको छ ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३ सय ३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खड्का कांग्रेसका कार्यकर्ता हुन् ।

उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए । यसैविच कांग्रेस पनि चुनावमा सहभागि भएपनि मतदाताहरु खासै सहभागी नभएको त्यहाका स्थानीयले बताएका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ