सिरहामा माअाेवादी र फाेरम उम्मेदवारलाई गरी लक्षित बम विष्फोट र गोली प्रहार

सिरहामा माअाेवादी र फाेरम उम्मेदवारलाई गरी लक्षित बम विष्फोट र गोली प्रहार

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सिरहा ,१५ मंसिर ।

प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) कातर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको  छ ।

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति भएकोे छ । विष्फोटस्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

विष्फोटको समयमा उम्मेदवार यादव घरमा नभएकाे बताइएकाे छ । वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव काङ्ग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती नै गोली प्रहार भएको खबर छ ।

चुनाव प्रचार प्रसार सकेर नौ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय लाहानले गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको जनाएको छ । जिपमा गोली गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी सकुशल घरसम्म पुर्याएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ