नेपाल कम्युनिस्ट पार्टीद्वारा १६ गते प्युठान बन्दको घोषणा

नेपाल कम्युनिस्ट पार्टीद्वारा १६ गते प्युठान बन्दको घोषणा

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१४ मंसिर,प्युठान । नेपाल कम्युनिस्ट पार्टी प्युठानले यही मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।

प्रहरीले विना कारण आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तकमाथि धरपकड तथा गिरफ्तारी बढाएको भन्दै नेकपा प्युठानले विहीबार एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । उसले जनतामाथि सरकार फासिष्ट रुपमा दमनमा उत्रेको भन्दै बताएको छ ।

जिल्ला इन्चार्ज विस्फोटले जारी गरेको विज्ञप्तिमा गिरफ्तार गरिएका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकको रिहाई र गरिफ्तारी र दमन तथा धरपक बन्द गर्न माग गर्दै मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेको उल्लेख छ ।

“यहाँको प्रशासनको कालो आतंक र अमानवीय क्रुर दमनको विरोधमा र गिरफ्तार गरिएकाहरूलाई विनासर्त सिघ्र रिहाइको लागि नेकपा प्युठानले मंसिर १६ गते एक दिने प्युठान बन्दको आह्वान गर्दछ ।” विज्ञप्तिमा भनिएको छ । उनले बन्द सफल बनाउन सहयोग गर्न उद्योगी, व्यापारी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी, समाजसेवी, यातायात व्यवसायी, शिक्षक कर्मचारी, शिक्षण संस्था, सुरक्षाकर्मी, पत्रकार र मानव अधिकारकर्मीलगायत सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा इन्चार्ज विस्फोटले बुधबार माण्डवी गाउँपालिका वडा न. ४ बाट कर्णबहादुर बिएम, छविलाल बाठामगर, प्रकाश बाठामगर र नवीन थापा मगरलाई विना कारण आफ्नै घरवाट गिरफ्तार गरेको बताएका छन् । उनले गाउँगाउँमा प्रहरीले नांगो आतंक मच्चाएको भन्दै तत्काल बन्द गर्न भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ