कन्चनपुर , १४ मंसिर ।
कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा आजविहान फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शंकास्पद वस्तुको बारेमा जानकारी पाए लगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल गई बम निष्कृय पारेको बताइएको छ । गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline