बम राखेको फुटेज सिसिटिभिमा कैद भएको १२ घण्टा पछि बिस्फोट , ६ प्रहरी निलम्बित

बम राखेको फुटेज सिसिटिभिमा कैद भएको १२ घण्टा पछि बिस्फोट , ६ प्रहरी निलम्बित

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१२ मंसिर,काठमाडौँ । ताप्लेजुङको एक मतदानस्थलमा नै बम विस्फोट भएपछि सुरक्षाको लागि खटिएका एक असईसहित ६ जनालाई निलम्बन गरिएको छ ।

सुरक्षा संवेदनशीलतामा हेलचेक्र्याइँ गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगादेवी खत्रीसहित ६ प्रहरीलाई निलम्बन गरिएको जनाइएको छ ।

प्रहरी स्रोतकाअनुसार निलम्बन हुनेहरुमा एक असइ, एक हवल्दार र चारजना प्रहरी जवान रहेका छन् ।

गत मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदानस्थलमा मतदानका लागि बुथ निर्माणको कार्य भइरहेकै समयमा बम विस्फोट भएको थियो ।

मतदानस्थलमा तीन दिनअघिदेखि नै प्रहरी परिचालन गरिएपनि बम राख्दासमेत थाहा नपाएको र सुरक्षामा हेलचेक्र्याइँ गरेको भन्दै ती प्रहरीलाई निलम्बन गरीएको प्रहरी स्रोतको दाबी रहेको छ ।

निलम्बितहरुको नाम सार्वजनिक गरिएको छैन । विस्फोट भएको बम भने टाइमबम रहेको प्रहरीले बताएको छ । बुथ निर्माण भइरहेको समयमा बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको थिएन ।

बम विस्फोटपछि सो स्थानलाई परिवर्तन गर्दै सोही विद्यालयको अर्को खेल मैदानमा मतदानस्थल निर्माण गरी मंसिर १० गते मतदान गराइएको थियो ।

बम दुईजनाले राति राखेको र एउटा गेटबाटमात्रै पस्न सकिने सो बम विस्फोट भएको विद्यालयमा वरिपरि काँडेतारले परिसर घेरिएको छ । विद्यार्थीको निगरानीका लागि विद्यालय परिसरलाई कैद गर्ने गरी विद्यालयले सीसी क्यामरासमेत जडान गरेको छ ।

बम विस्फोट भएको बिहानको राति करिब २ बजे दुईजना युवक आएर सो विद्यालयको मतदानस्थान बनाउने ठाउँमा खनेर बम राखेर भागेको विद्यालयको सीसी क्यामराले कैद गरेको छ ।

सो समयमा मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक गंगादेवी खत्रीसहितको प्रहरी टोली परिचालन गरिएको थियो ।

बम राखेको नजिकै विद्यालय निर्माणका लागि बालुवा थुपारिएकाले बम राख्न आएकाले खनेर बम राखी पुनः पुरेर माथिबाट बालुवा छरेर भागेका थिए ।

बम राखेको १२ घन्टापछि सो बम विस्फोट भएको देखिएको छ । सो सीसीटीभीको भिडियो फुटेज प्रहरी र नेपाली सेनाले अनुसन्धानका लागि बम विस्फोट भएको केही घन्टामा नै लगे पनि हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

बम राखेको देखिने सीसीटीभी फुटेज भने कम्प्युटरको हार्ड्डिक्सबाट प्रहरीले कपी गरेर हटाएको छ ।

बम राख्ने र पड्काउने फेला नपरे पनि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई सुरक्षामा लापरबाही गरेको भन्दै निलम्बन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ