ललितपुर , १४ मंसिर ।
ललितपुरको महालक्ष्मी नगरपालीकामा आज बिहान बम बिस्फोट भएको छ ।
महालक्ष्मी नगरपालीका वडा नम्बर ६ को दरननी र देवननी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो । आज बिहान साढे आठ बजेतीर ठुलो आवाजमा बम बिस्फोट भएपनि स्थानीय त्रसित बनेका थिए ।
लगत्तै अहिले नेपाल प्रहरी , ससस्त्र तथा सेनाको टोली घटनास्थल गएको ईनिस्पेक्टर रोशन पाण्डेले जानकारी दिनुभयो ।
बस्ती देखि केहि ढाडा नै बिस्फोट भएकाले मानवीय क्षती भने नभएको पाण्डेले जानकारी दिनुभयो ।
स्थानीयले नै बम बिस्फोट भएको भनेर खबर गरेपछि अहिले सो क्षेत्रमा ब्यापक मात्रामा सुरक्षा टोली परिचालन गरिएको जानकारी दिदैँ उहाँले घटनाबारे अनुसन्धान भईरहेको बताउनु भयो ।
बम कस्ले किन बिस्फोट गरायो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline