१३ मंसिर,कैलाली । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना नेताहरुलाई षड्यन्त्र गरेर गिरफ्तार गराएको भन्दै अाक्रोस भएको छ ।
जिल्ला सचिवालय सदस्य ध्रुब संज्याललाई षड्यन्त्र प्रहरीलाई गिरफ्तार गराएको भन्दै जिल्ला सेक्रेटरी गणेश ढकालले कडा प्रतिक्रिया दिएका छन् ।
बुधबार प्रहरीले कैलालीको लम्की चुहा नगरपालिका-१ स्थित घरबाटै ध्रुबलाई केही व्यक्तिले फसाएर गिरफ्तार गर्न लगाएको भन्दै सेक्रेटरी ढकालले अापत्ति जनाएका छन् । अाफ्ना निर्दोश नेता-कर्यकर्ताहरुलाई षड्यन्त्र गरेर फसाउनेलाई नछोड्ने उनले समेत चेतावनी दिएका छन्।
प्रहरीले विभिन्न मितिमा गरी जिल्ला इन्चार्ज रामबहादुर थारु ‘महान’सहित १२ नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार गराउने व्यक्तिहरु प्रहरीको कार्यालयमा पुगेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline