एम्बुस बिस्फोटका घाईतेको काठमाण्डौमा उपचार हुदैँ : उम्मेदवार कार्की खतरामुक्त, ३ जना गम्भिर

एम्बुस बिस्फोटका घाईतेको काठमाण्डौमा उपचार हुदैँ : उम्मेदवार कार्की खतरामुक्त, ३ जना गम्भिर

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

उदयपुर,१३ मंसिर ।

उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोट भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा पर्दा कार्कीसहित ६ जना घाईते भएका छन् ।

बिस्फोटमा परी उम्मेदवार कार्की र उनका सहयोगी मीरा कटुवाल, प्रहरीजवान कालिदास श्रेष्ठ, चालक राजन कार्की, सहयोगी गणेश पुरी र ७२ वर्षीया वृद्धा धनमाया सार्की घाइते भएका हुन् ।

उनीहरु सबैलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

उम्मेदवार कार्कीको अवस्था खतरामुक्त रहेको छ । तर, सहयोगी मीरा कटुवाल, चालक राजन कार्की र वृद्धा धनमाया सार्कीको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर सडकमुनी राखिएको बम विष्फोट भएको हो ।
प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ को बीचमा पर्ने दनुवार बेंसी पुग्दा कार्की चढेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो ।

विस्फोटमा परेको गाडी १० मिटरमाथि उफ्रिएको प्रत्यक्षदर्शीले जनाएका छन् । एम्बुस कसले थापेको हो भन्ने खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ