त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङख्या ८ पुग्यो, १० अझै बेपत्ता

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङख्या ८ पुग्यो, १० अझै बेपत्ता

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चितवन, मंसिर १३ ।
काठमाडौँंबाट नारायणगढतर्फ जादैँ गरेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङबाट त्रिसुलि नदिमा खस्दा मृत्यु हुनेको सङख्या ८ पुगेको छ ।

मृतकमध्ये अर्घखाची सन्दिखर्क का ४३ लक्ष्मि पौडेलको मात्रै पहिचान खुलेको छ । उनको उपचारका लागी हस्पीटल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ७ जनाको घटनास्थलमा नै मृत्यु भएके हो ।

दुर्घटनामा परि १७ जना घाईते भएका छन् । उनीहरु मध्ये ९ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीले जनाएको छ । अन्य ३ जनाको काठमाण्डौको बिएनबी , नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

भरतपुर अस्पतालमा प्युठानका १९ बर्षिय सुनिल क्षेत्री , अर्घखाचिका २१ बर्षिय ईन्दिरा दामोर , अर्घखाचीकै गोबिन्द सुनार , कपिलबस्तुका ४० बर्षिय यमबहादुर क्षत्री , अर्घखाचिका राजेन्द्र रायमाझी , कोहपुरका उमा पोख्रेल र उनकै काखे वालक तथा अर्घखाचिकै सन्दिप दमासेको उपचार भईरहेको छ । उपचाररत दुई जना आमा छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बसमा ३६ जना बसमा सवार रहेकाले अन्य १० जना नदिमा नै हराईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

काठमाण्डौबाट नारायणगढ तर्फ जादैँ गरेको लु २ ख २९१ नंको बस बिपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेकोहरुको पहिचान हुन सकेको छैन । अहिले पनि घाईतेको उद्धार तथत हराईरहेकाहरुको खोजी कार्य जारि रहेको चितवन प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ