के.आई.नेपालद्धारा दिल्लीबाट एक महिलाको उद्धार

के.आई.नेपालद्धारा दिल्लीबाट एक महिलाको उद्धार

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाण्डौ ।

विगत १० वर्षदेखि मानव बेचबिखन र लैिङ्गक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई नेपालले प्रभावितहरुको उद्धार गर्ने क्रममा भारतको दिल्लीबाट १ जना महिलाको उद्धार गरेको छ ।

पिडित महिलालाई केहि बर्ष पहिले विवाह गरेको छैन भनी ढाँटेर विवाह गरेको र लोभलालचमा पारी फकाई फुल्याई गरि दिल्ली घुम्न जाऊँ भनेर दिल्ली लगेको र हाल पहिलाको श्रीमतीसंगको मिलेमतोमा विभिन्न धम्की र यातना दिई कोठीमा काम गर्नुपर्छ भनि मानसिक तथा शारिरीक यातना दिदै आएको र उक्त महिला त्यहाँवाट भाग्न सफल भएकी थिनन् ।

के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिएको जानकारी अनुसार भारतको नयाँदिल्ली स्थित एक कोठीमा आफ्नै श्रीमानबाट आफु बेचिन लागेकी कुरा थाहा पाएपछि दिल्लीमा अलपत्र अवस्थामा फेला परेकी रहेकी प्युठान सालघारी ठेगाना भएकी वर्ष २६ की उक्त महिलालाई के.आई नेपालद्धारा उद्धारगरी भारतस्थित नेपाली दुतावाससँगको समन्वय र सहकार्यमा नेपाल ल्याइएको छ । विगत केही महिना पहिले पनि दुतावाससँगको समन्वय र सहकार्यमा १ महिला तथा ३ किशोरीको उद्धार गरी परीवारमा पुनर्मिलन गराउन सफल यस संस्थाले भारतको विभिन्न ठाउँमा रहेर बेचबिखनको जोखिममा रहेकाहरुलाई उद्धार, पुनस्र्थापना र पुर्नमिलन गराउने कार्यमा प्रभावकारी रुपमा अघि बढेको छ ।

देशका विभिन्न ६ वटा शाखा कार्यालय (मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके)े मार्फत विभिन्न जिल्लाहरु सहित भारतबाट समेत मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको यस संस्थाले नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्धत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

बेचबिखनमा परेकाहरुको उद्धार पश्चात कानुनी सहायता प्रदान गर्देै यस वर्ष पनि ११ वटा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मुद्दा दर्ता गरी १४ जना सम्भावित अभियुक्तहरुलाई थुनामा राखी कारवाही गर्न सहयोग पुर्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ