मानव बेचबिखन सम्वन्धी संयुक्त राष्ट्रसंघको कार्यशालामा नेपालको प्रस्तुति उत्कृष्ट

मानव बेचबिखन सम्वन्धी संयुक्त राष्ट्रसंघको कार्यशालामा नेपालको प्रस्तुति उत्कृष्ट

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ ।

दक्षिण कोरियाको जेजु टापुमा संयुक्त राष्ट्रसंघको आयोजनामा नोभेम्वर २१ देखि २४ मा सम्पन्न मानव बेचबिखन विरुद्धको कार्यशाला गोष्ठीमा के.आई नेपालले सहभागिता जनाएको थियो ।

उक्त कार्यक्रममा के.आई नेपाल कार्यक्रम निर्देशक इन्द्रराज भटराईले संस्थाले विगत १० वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आएको जानकारी गराउँदै मानब बेचबिखन सम्वन्धि नेपालको कानुनी अवस्था, प्रभावितहरुको संरक्षणको लागि आजसम्म चलिआएका कदम, मानव बेचबिखन सम्वन्धी नयाँ आयाम र त्यसको अन्त्यको लागि नेपाल सरकार र अन्य सामाजिक संघसंस्थाहरुले गरेको कामहरु बारे गर्नु भएको प्रस्तुति उक्त गोष्ठीकै उत्कृष्ट भएको स्रोतले जनाएको छ ।

एसिया प्यासेफिकमा रहेका २७ देशहरुको लागि आहवान गरिएको उक्त कार्यक्रममा १८ देशका २४ जना सहभागिहरु छनौट भएका थिए ।

जसमा विभिन्न देशका सरकारी निकायका प्रतिनिधिहरु, प्रहरी अनुशन्धानकर्ता विभिन्न सामाजिक संघसंस्थाका प्रतिनधिहरुको सहभागिता रहेको यस गोष्ठीमा प्रमुख अतिथिको रुपमा संयुक्त राष्टसंघीय तालिम तथा अनुसन्धान केन्द्रका डाइरेक्टर योउङसममा उपस्थित भएका थिए । उनी विभिन्न मुलुकका कोरिया राजदुत भैसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ