निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा पर्दा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् ।
कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर सडकमुनी राखिएको बम विष्फोट भएके हो ।
प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ को बीचमा पर्ने दनुवार बेंसी पुग्दा कार्की चढेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो । गाडी क्ष्ँतिगस्त बनेको छ ।
डिएसपि मेघराज अधिकारीका अनुसार उम्मेदवार कार्की चढेको गाडिको अगाडिको भाग बमले पुरै ध्यस्त पारेको छ । जमिनमुनिबाट शक्तिmशाली बिस्फोट भएकाले गाडिको अगाडिको भाग उछिट्टीएर माथि सम्म उडेको उहाँले बताउनु भयो ।
घटनामा परी उम्मेदवार कार्की र उनका सहयोगी कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि लैजान राजधानीबाट हेलिकप्टर आइरहेको छ । आउनासाथ सबैलाई राजधानी पठाइने प्रहरीले जनाएको छ ।
विष्फोट कसले गराएको भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली गएर घाइतेहरुको उद्धार गर्ने काम भइरहेको छ ।