त्रिशुलीमा बस खस्यो : ६ जनाको मृत्यु

त्रिशुलीमा बस खस्यो : ६ जनाको मृत्यु

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

चितवन, मंसिर १३ । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा आज बिहान यात्रुबाहक बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । उद्धार गरिएका मध्ये ९ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु१ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । नदीमा बसको छतमात्र देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ