शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त : देउवा ,प्रचण्ड र ओली आज कहाँ जादै छन् ?

शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त : देउवा ,प्रचण्ड र ओली आज कहाँ जादै छन् ?

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं मंसिर १३ ।
आगामी मंसिर २१ गतेको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले चुनावी प्रचारप्रसारलाई तीब्र पारेका छन् ।

पहिलो चरणमा मंसीर १० गते निर्वाचन सम्पन्न भएसंगै मुख्य दलका शीर्ष नेताहरुको चुनावी क्षेत्र पनि दोस्रो चरणमा पर्ने भएकाले पनि प्रचारप्रसार तीब्र बनाइएको हो ।
चुनावी अभियानकै क्रममा कंग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचार प्रसार तीब्र बनाउनुभएको छ । पार्टीे सभापतिको हैसियतले पनि उहाँ चुनावी अभियानमा व्यस्त रहनु भएको छ ।

उहाँले आज स्याङजा, नवलपरासी र गुल्मीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । यस्तै एमाले अध्यक्ष केपी ओली पनि चुनावी अभियानमा व्यस्त रहनु भएको छ ।

उहाँले आज झापाको दमकमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि मत आफूनो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नु भएको छ ।

उहाँले चितवनको क्षेत्र नम्बर ३ का मंगलपुर, शिवनगर र शुक्रनगरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ