ललितपुर , १२ मंसिर ।
नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभामा बम विष्फोट भएको छ ।
काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो । विष्फोटमा परी आठ जना घाइते भएका छन् ।
घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारी दिएको छ् ।
घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ ले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतका नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो ।
प्रधानमन्त्रीलगायत काँग्रेस लगाएतका नेता चुनावि सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको शाहीले बताउनुभयो ।