चार नेता गिरफ्तार भएपछि नेकपा अछाम अाक्रोसितः इन्चार्ज भन्छन्- प्रतिरोध गर्न बाध्य नबनाइयोस्

चार नेता गिरफ्तार भएपछि नेकपा अछाम अाक्रोसितः इन्चार्ज भन्छन्- प्रतिरोध गर्न बाध्य नबनाइयोस्

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

१२ मंसिर अछाम । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् ।

“संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ । यो संसदीय लोकतन्त्रको भद्दा नमूना हो” इन्चार्ज बिकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्दा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तक शिक्षक, किसानलगायत सर्वसाधारणलाई गरिफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्तिमा इन्चार्ज बिकले गिरफ्तार गरिएका पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तकलाई विना सर्त रिहा गर्न र धरपकड र गिरफ्तार बन्द गर्न माग गरेका छन् ।

उनले गिरफ्तारी, दमन, धरपकड जारी राखे आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । प्रहरीले सोमबार नेकपा निकट किसान संगठनका अध्यक्ष ददिराम बुढा, राष्ट्रिय युवा जनस्वयमसेकका जिल्ला सचिव कबिन्द्र शाही, शिक्षक नृप शाही र मानबहादु चलाउनेलाई गिरफ्तार गरेको थियो । यसअघि जिल्ला सदस्य सजन धामीलाई गिरफ्तार गरिसकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ