एमालेको विज्ञापनमा कांग्रेसको उजुरी !

एमालेको विज्ञापनमा कांग्रेसको उजुरी !

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं ,१२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउँदै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ।

काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्कीले दायर गरेको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ बाइ ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सकिने उल्लेख छ।  मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताको लागि वामपन्थी सरकार” भन्ने सन्देश सहित छापिएको  विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएको उल्लेख छ।

 

यस्तो छ आयोगले जारी गरेको आचारसंहिता

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ