१ करोड रुपैयाँ धरौटीमा छुटे चुडामणि शर्मा

१ करोड रुपैयाँ धरौटीमा छुटे चुडामणि शर्मा

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, १२ मंसिर ।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा रु १ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्दै तारेखमा छुटेका छन् ।

विशेष अदालतले शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्माले आज विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

शर्माले अदालतले जमानी मागेको एक करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकबाट ग्यारेन्टी गराएका छन् ।

गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माले बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए। शर्मा पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो। निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभएको दावी गरिएको थियो।

सुरुमा सर्वोच्चले कर फर्छ्यौट अख्तियारको क्षेत्राधिकारमा भएरनभएको भन्दै पूर्ण इजलासमा सुनुवाइका लागि पेश गर्योा। तर, सर्वोच्चले अन्तिम फैसलामा उक्त प्रश्न निरुपणको जिम्मा विशेष अदालतकै जिम्मामा छाडेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ