मतपेटिकाको सुरक्षा गर्न बिरालो राख्न प्रस्ताव !

मतपेटिकाको सुरक्षा गर्न बिरालो राख्न प्रस्ताव !

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

१२ मंसिर, ताप्लेजुङ । पहिलो चरणको मतदान सम्पन्न भएका जिल्लाहरुमा पनि २१ गतेको निर्वाचन पछि नै मतगणना हुने भएपछि मतपेटिकालाई सुरक्षीत राख्न प्रशासनको मुख्य चुनौति बनिरहेकाबेला बिरालोलाई सुरक्षामा खटाउनुपर्ने प्रस्ताव आएको छ ।

मुसाबाट समेत मतपेटिका जोगाउनुपर्ने भएपछि बिरालोलाई सुरक्षाका लागी राख्न प्रस्ताव आएको हो ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भने मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आयो ।

मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरे ।

तर, उनको प्रस्तावमा सहमति भने जुटेन । मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा जडान गरिने र सिलबन्दी गरी सुरक्षाकर्मी चौबीसै घण्टा तैनाथ गर्ने सहमती भयो ।

तर, तत्कालका लागि भने सिलबन्दीमात्रै गरिएको छ ।

दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा सिलबन्दी गरी राखिएका जिल्लाका सबै मतपेटिकाको निगरानी सीसी क्यामेराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामेरा खरिदका लागि निर्वाचन आयोगमा स्वीकृति माग गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीर्ले जानकारी दिए ।

सोमबार रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको र सिलबन्दी गर्नुपूर्व राजनीतिक दलहरुले सीसी क्यामेराबाट पनि निगरानी गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगमा सीसी क्यामेरा खरिदका लागि माग गरिएको अधिकृत कार्कीले बताए ।

आयोगबाट प्रकृया र खरिद ढीला भए क्यामेरा खरिदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका लागि आएको रकमबाट नै खरिद गर्ने जानकारी आयोगमा गर्ने दलहरुबीचको छलफलपछि सहमति भएको उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ