ललितपुर , १२ मंसिर ।
पहिलो चरणको निर्वाचन सकिएपनि बम बिस्फोट हुने क्रम अझै रोकिएको छैन ।
यसैक्रममा दाङको तुलसीपुर महानगरपालिकाको वडा नम्बर ५ को घ लाइनमा बम बिस्फोट भएको छ । विष्फोटमा परि ३ जना प्रहरी र १ जना म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
अज्ञात व्यक्तिले फालेको ग्रिनेड विष्फोट हुँदा ३ जना महिला प्रहरी, एकजना म्यादी प्रहरी र ४ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ४ जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने अरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको डिएसपी सुदिल शाहीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको घोराहीमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो ।
दाङ सदरमुकाम घोराहीबाट तुलसीपुर करिब २३ किलोमिटर पश्चिममा पर्छ ।