पूर्वमन्त्री डा. नारायण खड्काको गाडिमाथि माईन बम बिस्फोट , यसरी बचे खड्का !

पूर्वमन्त्री डा. नारायण खड्काको गाडिमाथि माईन बम बिस्फोट , यसरी बचे खड्का !

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

उदयपुर , १२ मंसिर ।

पूर्व मन्त्री तथा नेपाली काग्रेसका नेता डा. नारायण खड्कालाई लक्षीत गरेर उदयपुरमा माईन बम बिस्फोट भएको छ ।

उदयपुर क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनुभएका खड्का चढेको गाडिलाई लक्षीत गरि बाबरी भन्ने स्थानमा बम बिस्फोट गराएको जनाईएको छ ।

उदयपुरको त्रियुगा नगरपालीका १० स्थीत बेलदोभानमा आज आयोजित काग्रेसको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा खड्कामाथि बाबरीमा अज्ञात समुहले माईन बम बिस्फोट गरँएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटबाट कुनै क्षती भने नभएको जनाईएको छ । तर ठुलो आवाजमा बम बिस्फोट भएकाले स्थानीयहरु भने आंतङकित बनेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार खड्का केहि मिनेटले मात्रै जोगिएका थिए । खड्काको गाडि अघि बढ्ने बित्तिकै बम बिस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।

बम कस्ले र किन हाल्यो भन्नेबारेमा जानकारी हुन नसकेको जनाईएको छ ।

बिस्फोटपछि अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरी थप अनुसन्धान अघि बढाईएके जिप्रका उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ