अपडेटः केपि ओलीले सम्बोधन गर्नै लाग्दा लगनखेलमा शक्तिशाली बम बिस्फोट ,सर्वसाधारण आतंकित

अपडेटः केपि ओलीले सम्बोधन गर्नै लाग्दा लगनखेलमा शक्तिशाली बम बिस्फोट ,सर्वसाधारण आतंकित

बिस्फोटपछि आक्रोशित ओलीले भने ,चुनाव नगरे के गर्ने ?

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

ललितपुर , १२ मंसिर ।
वाम गठबन्धनले आयोजना गरेको ललितपुर जिल्ला स्तरीय चुनावी सभामा बम बिस्फोट भएको छ ।

वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभालाई लक्षित गरी अपरान्ह तीन बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन ।

स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण भने आतंकित बनेका छन् ।

विद्यालय नजिक भएको विस्फोटका कारण जमिन खाल्डो परेको छ । विस्फोट लगत्तै पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनाको कसैले जिम्मा लिएको छैन ।

लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

बिस्फोट भएपछि सहभागीहरुबीच भागदौड मच्चिएको थियो । आयोजकले ट्याक्सीको टायर पड्केको भन्दै सहभागीलाई शान्त बनाउन खोजेका थिए ।

बिस्फोटपछि सभा केहीबेर रोकेर सञ्चालन गरिएको सभामा ओलीले भन्नुभयो ‘निर्वाचन नगरे अरु के गर्ने ? जनताले प्रतिनिधि छान्न पाउने कि नपाउने ?

बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीले ओलीले भन्नुभयो , हिँड्दै छ भने मान्छे गन्तव्यमा पुग्ने कि नपुग्ने ? ’यस्ता सानातिना घटनाले निर्वाचन रोक्नु हुँदैन ।’

उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड जाने भनिएपनि उहाँ सहभागी हुनु भएन । माओवादीका तर्फबाट नेता रामबहादुर थापा , र उम्मेदवार समेत रहनुभएकी नेतृ पम्फा भुषल सहभागी हुनुभएके थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ