ललितपुर , १२ मंसिर ।
वाम गठबन्धनले आयोजना गरेको ललितपुर जिल्ला स्तरीय चुनावी सभामा बम बिस्फोट भएको छ ।
लगनखेल चोकमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्न लाग्दा ठुलो आवाजमा बिस्फोट भएको थियो ।
चुनावी सभा छेउमा नै बिस्फोट भएपछि कार्यममा सहभागीहरुबीच भागदौ भच्चिएको सहभागीले बताएका छन् । बिस्फोट लगत्तै अहिले प्रहरीले घटनास्थललाई घेरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिदै जिप्रका ललितपुरले चुनाबी सभा छेउमा बिस्फोट भएको र आगो बलेको जनाएको छ ।ललितपुर प्रहरीले भने छेउमा घर बन्दै गरेको र त्यहिबाट आएके सिसा र फोहरको थुप्रोमा सिसा पड्केर आगो लागेको स्थानीयले बताएको जानकारी दिदै घटनाको पुर्ण विवरण भने केहि बेरमा मात्रै आउने जानकारी दिएको छ ।
चुनावी सभामा सहभागीहरुलाई आयोजकले ट्याक्सीको टायर पड्केको भनेर शान्त पार्न खोजेका थिए । उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड जाने भनिएपनि उहाँ सहभागी हुनु भएन ।
माओवादीका तर्फबाट नेता रामबहादुर थापा , र उम्मेदवार समेत रहनुभएकी नेतृ पम्फा भुषल सहभागी हुनुभएके थियो ।
घटनाबारे थप विवरण आउन बाकीँ छ ।