पत्रकार हमाल र बास्तोला समाचार कक्षबाटै गिरफ्तार

पत्रकार हमाल र बास्तोला समाचार कक्षबाटै गिरफ्तार

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

१२ मंसिर,पोखरा ।
प्रहरीले दुई जना पत्रकारलाई समाचार कक्षबाटै गिरफ्तार गरेको छ ।
जनसंचार डटकमका संचालक/सम्पादक पत्रकार ओम हमल र रमाकान्त बास्तोलालाई आज दिउँसो गिरफ्तार गरेको हो ।

जनता टेलिभिजनको पोखरा ब्यूरो प्रमुख समेत रहेका हमाल र सोहि टेलिभिजन र अनलाईनमा कार्यरत बास्तोलालाई पोखरास्थित कार्यलयको समाचार कक्षबाटै गिरफ्तार गरेको हो।

उनीहरुलाई कार्यालयबाटै गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिनुभयो ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका हमाल र पत्रकार बास्तोको गिरफ्तारीप्रति आपत्ति जनाउँदै अध्यक्ष चलाउनेले तुरुन्त रिहाईको माग समेत गर्नुभएको छ ।
पत्रकार बास्तोला रातो खबर साप्ताहिकका गण्डक ब्यूरो प्रमुख समेत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ