काग्रेस उम्मेद्वारकाे घरमा बम बिस्फाेट हुँदा गाई र भैंसी घाइते , घटनाबारे यसाे भन्छन् हिमाल

काग्रेस उम्मेद्वारकाे घरमा बम बिस्फाेट हुँदा गाई र भैंसी घाइते , घटनाबारे यसाे भन्छन् हिमाल

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

गाईघाट ,१२ मंसिर। 

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी राखिएको विस्फोट हुँदा गाई र भैसी घाइते भएका छन ।

प्रतिनिधिसभा निर्वचन क्षेत्र १ अन्तर्गत प्रदेससभा २ का कांग्रेसका उम्मेदवार कार्कीको घर नजिकको गोठमा राखिएको बम विस्फोट  भएकाे थियाे ।

त्रियुगा नगरपालिका-७ भान्टाबारीमा रहेको कार्कीको घरमा मंगलबार बिहान ३:२० बजे शक्तिशाली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । भट्टले घटनाको प्रकृति हेर्दा प्रेसर कुकर बम हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए। गाईको कान र भैंसीको जिउभरी छर्राले लागेको उनले बताए ।

कांग्रसका उम्मेदवार कार्कीले आफूलाई मार्ने योजनाकासाथ घरमै बम राख्न आएको र राति बुबा उठेको देखेपछि गोठमा फालेर भागेको हुनसक्ने दावी गरेका छन्।कार्कीले भने, ‘दिउँसो चौकतिर हिमाल कार्कीको घर कुन हो भन्दै अपरिचत दुई जना मान्छे गएका रहेछन्, स्थानीयले कार्यकर्ता कार्यकर्ता ठानी घर देखाईदिएछन्, लगत्तै एक महिला गएर बुबालाई सोधेर फर्किएछन्, सबै कुरा थाहा पाएपछि नियोजितरुपमा बम राखियो।’

यसअघि जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–७ नेपालटारबजारमा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गर्दा बम विस्फोट गराइएको थियो । प्रतिनिधिसभा क्षेत्रनं २ का वामगठबन्धनका उमेदवार शुरेस राई (हिमाल) र सोही क्षेत्रको प्रदेश १ का उम्मेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी वम विस्फोट गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ