मोरङ , १२ मंसिर ।
पूर्व मन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डित चढेको गाडिलाई लक्षीत गरेर बम बिस्फोट भएको छ ।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका नेता पण्डित सवार गाडीमा आज बम प्रहार भएको हो ।
बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्न जादँै गर्नुभएका उहाँमा बुढिगंगां गाउपालिकाको टंकिसिनवारीमा बिहान ९ बजे बम प्रहार भएको जनाईएको छ ।
बम बिस्फोटबाट कुनै मानबिय क्षती नभएपनि गाडि को पछाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । बम बिस्फोटपछि सो क्षेत्रको सुरक्षा ब्यावस्था थप कडा पारिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline