तारा एयरको विमान सिमकोटमा दुर्घटनाग्रस्त , घाइतेलाई नेपालगन्ज लगिदैं

तारा एयरको विमान सिमकोटमा दुर्घटनाग्रस्त , घाइतेलाई नेपालगन्ज लगिदैं

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

हुम्ला, मंसिर १२ । हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको नाइन एन एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना भएको छ ।

सिमकोटबाट सुर्खेतका लागि उड्न लागेको विमान मंगलबार विहान धावन मार्गबाट उछिट्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १६ जना सवार थिए । विमानमा सवार सात घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घाइतेमध्ये तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूर्ण रुपमा क्षति पुगेको छ ।

विमान दुर्घटना भए पनि मानविय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सवार थिए ।

चुनावमा खटिएका सुरक्षाकर्मीलाई सुर्खेत छाड्न विमान त्यसतर्फ जाँदै थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिरहे पनि माटोमा परेकाले आगलागीको खतरा भने नरहेको बताए ।

दुर्घटनाग्रस्त विमानको पखेंटा विजुलीको तारमा परेको छ । विमानलाई सुरक्षित ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ