सप्तरी, मंसिर १२ । सप्तरीको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै शक्तिशाली टाइम बम फेला परेकाे छ । राजविराज-कुनौली सडकखण्डस्थित रन्जितपुरमा फेला परेको शक्तिशाली टाइम बमलाई नेपाली सेनाकोे टोलीले निस्कृय पारेको छ ।
स्थानीय नहर छेउबाट प्रहरीले सोमबार राती बम बरामद गरेको थियो । बमसँगै आरडिएक्स नामक विष्फोटक पाउडर करिब दुई किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
सो बम करिब एक किलोमिटरको दुरीबाट रिमोट थिचेर विस्फोट गराउन सक्ने खालको भएको प्रहरी उपरीक्षक सिंहले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline