प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ

प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

धनुषा, ११ मंसिर । प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका तीन जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नपा–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नपा–२ स्थित चिरैया चोकबाट तिनलाई पक्राउ गरिएको हो ।

अभियुक्तका साथबाट ज६प ९०५६ र स५प ९२३९ नंका दुई थान मोटरसाइकल, १५० ग्राम ब्राउन सुगर, एक थान चिनियाँ पेस्तोल र त्यसमा लाग्ने म्यागजिन एक तथा मोबाइल र सिम कार्ड तीन थान बरामद गरिएको छ । अभियुक्तहरू आइतबार अपराह्न २ बजे सिरहाको कल्याणपुर नपा–५ स्थित निर्दनाघाटमा प्रहरी जाँच भइरहेका अवस्थामा मोटरसाइकलमा आएर त्यहाँ खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गरी एक म्यादी प्रहरी र एक प्रहरी जवानलाई गम्भीर घाइते बनाई फरार भएका थिए ।

गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन् । उनीहरू दुवैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त तीनै जनालाई जिप्रका धनुषाको हिरासतमा राखी लागुऔषध, हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ