कपिलवस्तु, ११ मंसिर । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख सहित नौ जनालाई गिरफ्तार गरेको छ ।
सोमबार साझ नेकपा जिल्ला जनपरिषद प्रमुख शम्भु थारूसहित नौजनालाई कपिलवस्तुबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो ।
नेकपाका अन्य कार्यकर्ताको पनि खोजी भइरहेको प्रहरीले बतायो । यता नेकपा ले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेका आप्ना नेता कार्यकर्तामाथि धरपकड गरेर गिरफ्तार गरेको प्रति आपती जनाएको छ ।
उनीहरुको बिना सर्ता तत्काल रिहा गर्न पनि माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline