मोरङका दुई ठाउँमा बम:सैनिक अधिकारी भन्छन् , शक्तिशाली रहेकाले डिस्पोज गर्न निक्कै मेहनत गर्नुपर्‍यो

मोरङका दुई ठाउँमा बम:सैनिक अधिकारी भन्छन् , शक्तिशाली रहेकाले डिस्पोज गर्न निक्कै मेहनत गर्नुपर्‍यो

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

विराटनगर, ११ मंसिर। पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको भोलीपल्ट सोमबार मोरङका दुई स्थानमा बम फेला परेका छन्।

विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला पारिएको हो । विराटनगर ४ स्थित हाम्रो अस्पताल प्रालि नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो १ः४५ बजे डिस्पोज गरेको छ। बम फेला स्थान विराटनगर विमानस्थल प्रवेश गर्ने मुख्यद्वारबाट करिव सय मिटर दक्षिणमा पर्छ । बम डिस्पोज गर्ने क्रममा कोसी राजमार्गमा केहीबेर सवारी आवागमन बन्द गरिएको थियो।

बम राखिएको हल्ला चलेपछि त्यो स्थानलाई साढे ११ बजेदेखि सेना, नेपाल र सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएका थिए । रातो कपडा भित्र कालो टेपले बाँधेर राखिएको अवस्थामा बम भेटिएको थियो । बम राखिएको स्थानबाट सय मिटर वरपरसम्म मानिस आवतजावतमा रोक लगाउँदै सेनाले डिस्पोज गरेको हो। बम डिस्पोजको पहिलो प्रयास असफल भएको थियो। एक सैनिक अधिकारीका अनुसार शक्तिशाली रहेका कारण बम डिस्पोज गर्न निक्कै मेहनत गर्नुपर्‍यो।

त्यस्तै केरावारी ९ देवीझोडास्थित जंगलमा लुकाएर राखेको अवस्थामा सात वटा सकेट बम फेला परेको छ। बम शक्तिशाली रहे पनि बेलैमा थाहा पाएका कारण विष्फोट भएर कुनै क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार टिनको बाकस भित्र लुकाएर राखेको अवस्थामा जंगलमा बम फेला पारिएको हो । यस विषयमा सूचना प्राप्त भए लगत्तै प्रहरी पुगेर हेर्दा बम रहेको पुष्टि भएपछि सेनाको टोली पुगेर डिस्पोज गरेको जानकारी उनले दिए।

प्रहरीले बम राख्ने समूहको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ