वीरगञ्ज, ११ मंसिर ।
सोमबार राति ८ बजेतिर नेपाली कांग्रेसका उम्मेदवार अजय चौरासियाको गाडीमा बम प्रहार भएको छ ।
वीरगञ्ज महानरगपालिका १९ गरवाघोघमा आयोजित कोणसभालाई चौरासियाले सम्बोधन गरिरहेका बेला पार्किङमा राखिएको उनको गाडीमा सुतली बम प्रहार भएको चौरासियाका सहयोगी धिरज गुप्ताले जानकारी दिए ।
बम विस्फोटबाट गाडीमा क्षति पुगेको छ । उम्मेदवार चौरासिया र नेता कार्यकर्ता भने सकुशल छन् । नेता चौरासिया कांग्रेसबाट पर्सा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । बिस्फोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline