बागलुङ मतपेटिका ’जोगाउन’ चार दलका आ -आफ्ना ताला !

बागलुङ मतपेटिका ’जोगाउन’ चार दलका आ -आफ्ना ताला !

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बागलुङ , ११ मंसिर ।
पहिलो चरणमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।
सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको भएपनि जिल्लाको पश्चिम दक्षिणका दुर्गम स्थानका मतपेटिका सोमबार साँझसम्म सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनु भयो ।
मतगणना नहुँदासम्म मतपेटिका जिल्ला समन्वय समितिको भवनको बन्द कोठामा राखिने छ ।
बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ तथा प्रदेश १ र २ को मत पेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्। उक्त क्षेत्रमा माओवादीको उम्मेदवार नभएकाले माओवादीको ताला छैन।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ र त्यस अन्तर्गतको प्रदेश १ र २ को मतपेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको ४ वटा ताला लगाइएको छ। यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार नभएकाले एमालेको ताला छैन।
मतपेटिकाको सुरक्षाका लागि एउटै ढोकामा चार वटा तालाका बिच मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जानकारी दिनुभयो ।
चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणना सम्म विश्वसनीय वातावरण कायम गर्न मतपेटिका राखिएको कोठा बाहिर दल र उम्मेदवारका प्रतिनिधिलाई आलोपालो गरी हरेक समय खटाइने नेकपा एमालेका निर्वाचन बिभाग प्रमुख गोविन्द गौतमले जानकारी दिनुभयो ।
मतपेटिका सबै सदरमुकाम आए पनि मतगणना भने मंसिर २१ गतेको दोस्रो चरणको मतदान पछि मात्रै शुरु हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ