रुखमा एकछापे हानेका ५० भोटसहित मतदान अधिकृत पक्राउ, केसीलाई जिताउन फर्जि भोट !

रुखमा एकछापे हानेका ५० भोटसहित मतदान अधिकृत पक्राउ, केसीलाई जिताउन फर्जि भोट !

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

११ मंसिर,नुवाकोट । निर्वाचन आयोग र राजनीति दहरुले निर्वाचन निष्पक्ष भएको बताइरहँदा नुवाकोटमा एक काँग्रेसलाई एक छापे हानेका भोटसहित मतदान अधिकृत पक्राउ परेका छन् ।

नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत पक्राउ परेका हुन् ।

रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई एमाले–माओवादी केन्द्रका कार्यकर्ताहरुले समातेर प्रहरीलाई बुझाएका थिए ।

यो मतदान केन्द्रमा जम्मा १९८३ मतदाता रहेका थिए । आजको मतदानका क्रममा प्रदेश सभातर्फ १३९८ मत खसेको थियो । तर मुचुल्का भने १४४८ मत खसेको उठाइएको थियो । प्रदेश सभातर्फ १३९८ मत खसेको अवस्थामा मुचुल्का भने १४९८ को उठाइएपछि गायव भएको ५० मतले मतदान केन्द्रमै खैलाबैला भएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले भने मतदान अधिकृतले एमाले–माओवादी केन्द्रले लगाएको आरोप जस्तो अधिकृत बस्नेतले नगरेको दाबी गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने केही बताएको छैन् ।

सो क्षेत्रमा नेपाली काँग्रेसबाट नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका नारायण खतिवडा उम्मेदवार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी