सेनाले संखुवासभाका ९ केन्द्रको मतपेटिका ल्याउन सकेन : यस्तो छ कारण

सेनाले संखुवासभाका ९ केन्द्रको मतपेटिका ल्याउन सकेन : यस्तो छ कारण

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

संखुवासभा,११ मंसिर ।

संखुवासभाका हिमाली क्षेत्रका ९ केन्द्रको मतपेटिका ल्याउन समस्या भएको छ ।
मौसम बिग्रिएर हेलिकप्टर जान नसकेपछि सदरमुकाम खाँदबारीबाट सिलिचोङ, मकालु र भोटखोला गाउँपालिकाको मतपेटिका ल्याउन समस्या भएको हो ।

नेपाली सेनाको हेलिकप्टरले विकट मानिएको भोटखोलाका किमाथांका, थुदाम, रिदाक, हुङगुङ, हटिया, चेपुवा, च्याम्ताङ, सिलिचोङको दीपज्योति र मकालुको गौथला मतदान केन्द्रबाट मतपेटिका ल्याउने तयारी गरेपनि सम्भव भएन ।

१ सय ५३ मतदान केन्द्र रहेको संखुवासभामा १ सय ४३ मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको मुख्य निर्वाचन अधिकृत प्रकास राउतले बताउनुभयो । यी केन्द्र पुग्न खाँदबारीबाट कम्तीमा ५ दिन पैदल हिँड्नु पर्छ ।
सदरमुकाम ल्याइएका प्रदेश नम्बर ‘ख’ का मतपेटिका भने राजनीतिक दलका प्रतिनिधिको रोहबरमा सिलबन्दी गरिएको छ । मतपेटिकालाई सुरक्षित गर्न सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको छ ।
सुरक्षाकर्मीसँगै राजनीतिक दलका प्रतिनिधिले मतपेटिकाको निगरानी गर्ने छन् । मतपेटिका भएको कोठा र आसपासका क्षेत्रमा सीसी क्यामेराबाट निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा १ लाख ५ हजार ८५ मतदाता रहेका थिए । जसमध्ये ६९ हजार १ सयले मतदान गरेका थिए ।
चुनाव सम्पन्न भए पनि आसन्न दोस्रो चरणको चुनावपछि मात्र दुबै मतदानको मतगणना सुरु गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ