एमाले , माओवादी साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजनामा छन् : प्रधानमन्त्री देउवा

एमाले , माओवादी साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजनामा छन् : प्रधानमन्त्री देउवा

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं मंसिर ११ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्ट सरकार बने मुलुकमा कहिलै चुनाव नहुने वताउनु भएको छ ।

आज तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले वाम–गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजनामा रहेका वताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जनतालाई दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह मतदाता लाई आग्रह गर्नुभयो ।

उहाँले कांग्रेस २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिष्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्युँताउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासन संसारबाटै खत्तम भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेतृ सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ