आजदेखि सबैका लागी खुल्यो विमान संग्रहालय

आजदेखि सबैका लागी खुल्यो विमान संग्रहालय

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं ,मंसिर ११ ।

काठमाडौंको सिनामंगलमा रहेको विमान संग्रहालय आजदेखि सबैका लागि खुला गरिएको छ । वेद उप्रेती ट्रस्टले नागरिक उडड्यन प्राधिकरणसँगको सहकार्यमा करीब ७ करोडको लगानीमा संग्रहालय सञ्चालनमा ल्याएको हो ।

कात्तिक १८ गतेबाट ९ देखि १२ कक्षाका विद्यार्थीका लागि मात्रै खुला गरिएको थियो । टिकट दर तोकिएपछि संग्रहालय सर्वसाधारण सहित सबैका लागि खुला गरिएको प्राधिकरणको सञ्चालन समितिले जनाएको छ ।

समितिले सर्वसाधारणलाई २ सय ५० रुपैयाँको टिकट तोकको छ भने परिचयपत्रबाहक विद्यार्थी तथा अपाङ्गता भएकाले १ सय २५ रुपैयाँ तिनुपर्छ ।
पाँच वर्षसम्मका बालबालिकालाई टिकट नलाग्ने तथा विदेशीले ५ सय रुपैयाँ तिनुपर्ने ट्रस्टका सीईओ वेद उप्रेतीले बताउनुभयो ।

टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान २०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

आठ महिना मात्रै उडेको एयरबस कम्पनीको ३३०–३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयका रुपमा प्रयोग भएको छैन । २१ दिनको अवधिमा ५० हजार बढी विद्यार्थीले संग्रहालयको अवलोकन गरेको उप्रेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी