चितवन, ११ मंसिर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले मात्रै देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन सक्ने बताउनु भएको छ ।
माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उहाँले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताउनुभयो ।
सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको भन्दै उहाँले माडी क्षेत्रबाटै विकासको शुरुवात हुने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल शुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline