काठमाडौं ११ मंसिर ।
भोजपुरको उत्तरी क्षेत्रबाट मतपत्र बोकेर सदमुकाम आईएको गाडिलाई लक्षीत गरि बम बिस्फोट गराइृएको छ ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
विस्फोटबाट मानविय क्षती भने नभएको जनाएको छ । हालसम्म १ सय बढी मतदान केन्द्रका मेटपेटिका सदरमुकाम ल्याइसकिएको छ ।
साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका बेलुकीसम्म ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउन् भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline