जाजरकोट , ११ मंसिर ।
हिजो सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट भएको छ ।
आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेर सदरमुकाम तर्फ आउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको बताइएको छ ।
विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । यद्यपी मतपेटिका भने सुरक्षित रहेको र साँझ सम्ममा सदरमुकाम आइपुग्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline