मेखालाबासीले गरे निर्वाचन बहिस्कार , शुन्य मतदान , घाम तापेर फर्किए कर्मचारी

मेखालाबासीले गरे निर्वाचन बहिस्कार , शुन्य मतदान , घाम तापेर फर्किए कर्मचारी

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

हुम्ला । जिल्लाको एक एउटा गाउँले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई बहिस्कार गरेको छ ।

हुम्लाको चंखेली गाउँपालिका–३ मेखाला गाउँले शून्य मतदान गरेको छ । गाउँकै रारा प्राविमा मतदान केन्द्र राखिएपनि बेलुका ५ बजेसम्म पनि एक जनाले पनि भोट खसालेका छैनन् । उक्त मतदान केन्द्रमा १ सय १९ मतदाता छन् ।

पत्रकार नरजन तामाङका अनुसार गत स्थानीय तहको सीमा विभाजनदेखि नै राजनीति दलहरुसँग मेखालाबासी असन्तुष्ट बनेका थिए । निर्वाचन सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी विहानै मेखाला पुगेपनि दिनभर घाम तापेर फर्केका छन् ।

मेखाला शून्य मतदान भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सबै तयारीसहित कर्मचारी र सुरक्षाकर्मी विहानैबाट मतदान केन्द्रको तयारी गरेपनि ५ बजेसम्म कोही पनि मतदान गर्न नआएको बताए ।

मेखाला नेपाल कम्युनिस्ट पार्टीको प्रभाव रहेको क्षेत्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ