भारतीय गाडि नियम मिचेर जाँचपास गराउदैछ वीरगन्ज भन्सार कार्यलय 

भारतीय गाडि नियम मिचेर जाँचपास गराउदैछ वीरगन्ज भन्सार कार्यलय 

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

वीरगञ्ज, १० मंसिर ।
वीरगञ्ज भन्सार कार्यालयबाट भारतदेखि आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनले पनि सहजै जाँचपास पाउने गरेका छन् ।
रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले नियम मिचेर जाँचपास गरी छुटाइदिने गरेको हो ।
दैनिक एक हजारभन्दा बढी मालवाहक ट्रक भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सारले बढी भार भएको मालवाहक सवारीसाधनलाई नियमविपरीत छोड्ने गरेकाले नेपाली ट्रक व्यवसायी मारमा परेका छन् ।
भार बढी भएका सवारीसाधन धमाधम भारतबाट नेपाल भित्रिनाले मारमा परेको गुनासो गर्दै ट्रक व्यवसायी युवराज न्यौपाने भन्नुभयो  “भन्सार कार्यालयको अवैध क्रियाकलापका कारण समयमा बंैकलाई ऋण चुक्ता गर्न नसक्दा हाम्रो व्यवसाय धरापमा परेको छ ।”
क्षमताभन्दा बढी सामान बोकेका भारतीय ट्रकका कारण सडक जीर्ण बन्दै गएको छ । राजस्व चुहावटका साथै उद्योगले गर्ने आर्थिक चलखेलकै कारण नियम उल्लंघन गर्दै बढी भार बोकेका सवारी साधनको निर्वाधरुपमा भन्सार हुने गरेको संघका सचिव जीवन श्रेष्ठले बताउनु भयो ।
उता वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव कार्यालयले ट्रकको क्षमतालाई भन्दा सामानलाई बढी महत्व दिने गरेको बताउनुभयो ।
यातायात व्यवस्था विभागअन्तर्गत रहेको मालवाहक सवारीसाधनको भारबहन नियमसम्बन्धी कार्यविधि २०७१ अनुसार आयातित सामानको भारबहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने व्यवस्था रहेको छ ।
वीरगञ्ज नाका हुँदै विशेष गरी सिमेन्टको कच्चा पदार्थ किलिंकर, खाद्यान्न, कोइला, मेसिनरी पार्टपुर्जा बढी मात्रमा नेपाल भित्रिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ