सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी : दाहाल

सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी : दाहाल

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

चितवन, १० मंसिर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण नहुने बताउनुभएको छ ।

माडीको बाँदरझुलामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता दाहालले सुकुम्बासीका लागी जग्गा सँगै शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण गर्न नहुने बताउनुभयो ।

बस्ती स्थानान्तरणका लागि कम्तीमा पाँच कठ्ठाका दरले जग्गा आवश्यक पर्ने उहाको भनाई छ ।
यसअघि आफू प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन शुरु गरे पनि आफूले सो कामलाई ठाडो निर्देशनबाट रोकेको बताउनुभयो ।

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार दाहालले वाम गठबन्धनको बहुमत आएपछि स्थिर सरकार निर्माण हुने जिकिर गर्दै त्यसपछि सुकुम्बासी समस्याको समाधान गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाट पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जंगलको बीच भागमा बस्ती रहेकाले वन्यजन्तु, बाढी, शिक्षा, स्वास्थ्यलगायतको समस्या रहेको सो स्थनामा उपयुक्त विकल्प पाए बस्तीलाई स्थान्तरण प्रक्रिया शुरु गरिने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको भूभागमा बाँदरझुला बस्ती छ । निकुञ्जको ७०० सय हेक्टर क्षेत्रफलमा पाँच सय भन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ