रुकुम , १० मंसिर ।
रुकुमको बाँफिकोटस्थित रत्ना मावि मतदान केन्द्रमा मतपत्र जलाएपछि निर्वाचन स्थगित भएको छ । करिब २२५ मतपत्र जलेर नष्ट भएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो ।
मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो ।
अज्ञात समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएको अधिकृत महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।
मत पेटिकामा आगो लगाएको आशंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागी भने मतदान भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline