निर्वाचन कार्यालयका कर्मचारीले भने :विप्लवको क्षेत्रमा घटना हुन्छन् तर लेख्नुभएन नी !

निर्वाचन कार्यालयका कर्मचारीले भने :विप्लवको क्षेत्रमा घटना हुन्छन् तर लेख्नुभएन नी !

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१० मंसिर,काठमाडौँ । कालिकोट जिल्लाको निर्वाचन कार्यालयका एक कर्मचारीले नेपाल कम्युनिस्ट पार्टीको बलियो क्षेत्रमा घटना घट्नु सामान्य भएको बताए । उनले झडपका घटनाको समाचार लेख्न नलेख्न चेतावनी समेत दिएका छन् ।

इमान्दार मिडियाको समाचारलाई लिएर आफुलाई मुख्य निर्वाचन कार्यालयको कर्मचारी बताउने खगेन्द्र थापाले चेतावनी दिएका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको पकड क्षेत्र भएकाले कालिकोटमा घटना खट्‍नु सामान्य भएको बताउँदै समाचार लेख्न नहुने बताए ।

“विप्लवको एरिया हो केही घटना त भइहाल्छन् तर लेख्नु भएन । निर्वाचन शान्तिपूर्ण रुपमा भएको समाचार लेख्नुपर्छ” थापाले भने । उनले आफूले सुरुमा दिएको परिचय समेत फेर्दै जिल्ला प्रशासन कार्यालयको कर्मचारी भएको बताए ।

शनिबार राति ९ बजे जिल्लाको सान्नी त्रिवेणी गाउपालिकाका वडा नं. ७ को वडा कार्यलयमा रहेको मतदान स्थलमा बम प्रहार हुदाँ प्रहरी नायब निरीक्षक (सई) गिरिराज भण्डारी र प्रहरी जवान राम बहादुर चौधरी गम्भीर घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी